२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पूर्वराष्ट्रपति राजनीतिमा आउनु गम्भीर विषय : ओली

Nada
२०८२ साउन २ गते १८:५९
Shares
पूर्वराष्ट्रपति राजनीतिमा आउनु गम्भीर विषय : ओली

काठमाडौं : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा केन्द्रीय कमिटीबाट निर्णय गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बासेको पार्टीको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको बारेमा उचित समयमा निर्णय गर्ने बताएका हुन् ।

ncell

पार्टीको सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई पार्टीमा सक्रिय रुपमा फर्काउने वा नफर्काउने भन्नेबारेमा एमालेभित्रै मत विभाजित छ ।

एकथरीले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउन नहुने धारणा राखिरहेका बेला अर्को पक्ष भने राजनीतिमा ल्याउनुपर्ने आवाज उठाइरहेका छन् ।

राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्ति, परमाधिपति भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नेकुरा गम्भीर रहेको कुरा बैठकमा पार्टी अध्यक्ष ओलीले बताएको अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

७० वर्षे उमेरहद र दुई कार्यकालको अवस्थालाई हटाएर विधानको व्यवस्था प्रस्तुत गरिएको पनि उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर