२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन

shivam cement
मध्यान्ह
२०८२ साउन २ गते १७:३३
वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गरे । एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी) मा आएको बताए । नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्ने बताउए ।

उनले भने, ‘आज म एक्लै आएको छैन । एक्लै आउँदा कहिल्यै पनि सफल भइन । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियान बोकेर आएको छु । धेरै कमरेडहरुलाई सँगै ल्याएको छु । नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्छ । छरिएर रहेका कम्युनिष्ट पार्टीलाई एकतावद्ध गर्नुपर्छ । आवश्यकता पर्‍यो भने यि हातहरु हतियारको रुमपा प्रयोग हुन्छन् । हतियारको रुपमा प्रयोग गर्दछु । म आन्दोलनको नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन अहिलेसम्म असफल भएकै छैन । सफलतमात्रै प्राप्त भएको छ ।’

नेता गौतमले नेपाली जनतालाई मालिक बनाएर छोड्ने बताए ।

ADV

सम्बन्धित खबर

Advertise