२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

विद्युत प्राधिकरणमा विद्युतीय मूल्यांकन प्रणाली लागू

shivam cement
मध्यान्ह
२०८२ साउन २ गते ११:४५
विद्युत प्राधिकरणमा विद्युतीय मूल्यांकन प्रणाली लागू

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले कर्मचारी कार्यसम्पादन मूल्यांकन प्रक्रियालाई पूर्ण रूपमा विद्युतीय प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । साउन १ गतेदेखि औपचारिक रूपमा लागू भएको यो प्रणाली नेपालकै सार्वजनिक संस्थान र निजामती सेवा क्षेत्रमा सम्भवतः पहिलो पटक प्रयोगमा आएको मूल्यांकन विधि हो ।

प्राधिकरणका अनुसार, अब कर्मचारीले आफ्नो कार्यसम्पादन विवरण अनलाइन फाराममार्फत पेश गर्न सक्नेछन् भने सम्बन्धित अधिकारीले सोही प्रणालीबाट मूल्यांकन गर्नेछन् । मूल्यांकन अभिलेखहरू गोप्य, सुरक्षित र विश्वसनीय रहने गरी डिजिटल माध्यममै अभिलेख राखिनेछ ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम ५९ को उपविनियम २९ अनुसार यो प्रणाली लागू गरिएको हो । प्राधिकरणका निर्देशक शिव अधिकारीले मूल्यांकन प्रक्रियालाई डिजिटल बनाउँदै प्राधिकरणले नियमित, निष्पक्ष, पारदर्शी, सरल, मितव्ययी र उत्तरदायी प्रशासनिक सेवा प्रवाह गर्ने उद्देश्य राखेको जानकारी दिए ।

प्राधिकरणले मूल्यांकन प्रणाली कार्यान्वयन गर्नुअघि आवश्यक कार्यविधि, सूचना, परिपत्र, अन्तर्क्रिया कार्यक्रम तथा प्रयोगकर्ता पुस्तिका तयार गरी सम्बन्धित सबै पक्षलाई जानकारी गराइसकेको जनाएको छ ।

यो प्रणाली लागू भएपछि मूल्यांकन प्रक्रियामा हुने ढिलासुस्ती, द्वैधता तथा कागजी झन्झट अन्त्य हुने विश्वास प्राधिकरणले लिएको छ । प्रविधिमा आधारित नयाँ अभ्यासले संस्थागत सुशासन र कार्यदक्षता प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise