काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न नेता डा. कोइराला बुढानीलकण्ठ नगरपालिकास्थित भंगालमा रहेको उनको निवासमै पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा छलफल भएको बताइएको छ ।
देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरबाट उठिरहेको आम असन्तुष्टिको विषयमा भण्डारी र कोइरालाबीच छलफल भएको बताइएको छ ।
भेटवार्ताका क्रममा नेता डा. कोइरालाले आफूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको बताउँदै त्यसमा साथ दिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए ।
यसअघि नेता डा. कोइरालाले बिहीबार मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि भेटवार्ता गरेका थिए ।