२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै

shivam cement
मध्यान्ह
२०८२ साउन २ गते ०९:४७
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ । 

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज दिउँसो १ बजे अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ ।

असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रदर्शनसहित अख्तियारको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

‘हामी भ्रष्टाचारका सबै काण्डहरुको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन, आयोगको ध्यानाकर्षण गराउन र दबाब दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौं,’ श्रेष्ठले भने, ‘राप्रपाले भ्रष्टाचार विरुद्ध प्रदर्शन सहित आयोग समक्ष ज्ञापन पत्र पेश गर्नेछ ।’

राप्रपाले २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरणको कार्यालयमा पनि निवेदन दिने तयारी गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise