२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

एमाले पोलिटब्युरो बैठक बस्दै, विधान संशोधन प्रस्तावमाथि छलफल हुने

shivam cement
मध्यान्ह
२०८२ साउन २ गते ०८:५८
एमाले पोलिटब्युरो बैठक बस्दै, विधान संशोधन प्रस्तावमाथि छलफल हुने

काठमाडौँ : नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठक दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।

बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने बताइएको छ । यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।

विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise