२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

ज्योति विकास बैंकले पायो आईएसओ प्रमाणपत्र

shivam cement
मध्यान्ह
२०८२ साउन १ गते २०:५६
ज्योति विकास बैंकले पायो आईएसओ प्रमाणपत्र

काठमाडौं : ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘आईएसओ २७००१ः२०२२’ प्रमाणपत्र प्राप्त गरेको छ । सँगै यो प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंकको रूपमा ज्योति विकास बैंकले सो उपलब्धि हासिल गरेको हो ।

अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था आईएनटीईआरसीईआरटीले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि अन्तर्राष्ट्रिय सर्टिफिकेशन हो ।

बैंकले मोबाइल बैंकिङ कार्ड भुक्तानी सेवा, निक्षेप तथा कर्जा सेवा तथा बैंकको आईटी, मानव संशाधन , डिजिटल बैंकिङ सामान्य प्रशासन, अपरेसन तथा जोखिम व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको उच्चतम र गुणस्तरीय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएकाले  आईएनटीईआरसीईआरटीको यस सुरक्षा सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो ।

ADV

सम्बन्धित खबर

Advertise