२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

जुम्लामा पहिलो पटक ईभी पुर्‍याउँदै दिगो

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते २२:११
जुम्लामा पहिलो पटक ईभी पुर्‍याउँदै दिगो

काठमाडौं : नेपालको विद्युतीय सवारीसाधन (ईभी) यात्रामा नयाँ इतिहास बनाउँदै दिगोले पहिलो पटक जुम्लामा ९ वटा डिएफएसके डाँफे विद्युतीय भ्यानहरू पुर्‍याएको छ ।  
डिएफएसके डाँफे विद्युतीय भ्यानहरू जुम्लाका छोटो दुरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिने जनाएको छ । जसले यात्रुहरूलाई स्वच्छ, शान्त र किफायती यात्राको सुविधा प्रदान गर्नेछ । 

यसले इन्धनमा निर्भरता घटाउने र स्थानीय वायु प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । चार्जिङ सुविधा विश्वसनीय र सहज बनाउन दिगोले गाडी सँगै ८० किलोवाट क्षमताको फास्ट चार्जर समेत जुम्लामा जडान गर्दैछ ।

जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्‍याउनु गर्वको कुरा भएको  दिगो ग्रुप अफ् कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले बताए ।

ADV

सम्बन्धित खबर

Advertise