काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औं वर्षमा आइपुग्दै गर्दा १० अर्ब रुपैयाँ प्रथम बिमा शुल्क आर्जनको रेकर्ड कायम गरेको छ । यो नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड हो ।
कम्पनीले रेकर्ड कायम गरेको सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको कम्पनीको भनाइ छ ।