काठमाडौं : दराज नेपालले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । साउन २ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेगरी सो सेलको घोषणा भएको हो । सो सेल अन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा ८० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र २ करोड रुपैयाँ बराबरको भौचर लगायतको लाभ लिनसक्ने जनाइएको छ ।
महाबचत बजार सेल अन्तर्गत फ्ल्याश सेलमार्फत् ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफर प्राप्त गर्न सक्ने जनाइएको छ । यस अभियानमा सहभागी ब्रान्डहरूबाट प्रदान गरिने छुटहरूमा प्लेटिनम पार्टनरका रूपमा रहेका सिताफिल, किक, एईवीबी, मार्सियो र युनिलिभर मार्फत् २५ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनरहरू, र्होटो, एंकर र मम्बड्स मार्फत् ५० प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने छन् । साथै, सिल्भर पार्टनरहरू, ब्राण्डहाउस, जीसीजी आईवेयर, न्यानो र अर्कका तर्फबाट ६० प्रतिशतसम्म छुट रहेको छ ।
महाबचत बजार सेल अन्तर्गत दुईजना भाग्यमानी ग्राहकले १० हजार ४९९ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल ८ मा खरिद गर्न सक्ने जनाइएको छ । त्यस्तै, भ्यान्स, अर्क, नाईक, पोशिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाईटेक्स, अलेवा लगायत एक सय भन्दा बढी ब्रान्डहरूका उत्पादनहरूमा फ्ल्याट ६० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ ।