२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रभुका ग्राहकले होपफुल हराइजनको सेवामा छुट पाउने

Nada
२०८२ असार ३१ गते २०:५१
Shares
प्रभुका ग्राहकले होपफुल हराइजनको सेवामा छुट पाउने

काठमाडौं : प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई झम्सिखेल, पुल्चोक, ललितपुरस्थित होपफुल हराइजन नेपालले उपलब्ध गराउने सेवामा छुट हुने भएको छ । दुई पक्षबीच भएको समझदारीअनुसार प्रभुका ग्राहक तथा कर्मचारीले होपफुलले उपलब्ध गराउने मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरू छुट पाउने भएका हुन् ।

ncell

एक समारोहका बीच होपफुल हराईजन नेपालका तर्फबाट डा. प्रकृति प्रधान (परामर्शदाता मनोचिकित्सक) र प्रभु बैंकबाट प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमुख, अन्जु बस्नेतको पनि उपस्थिति थियो ।

होपफुलको सेवामा छुट पाउन बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल हराइजनमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर