२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मंगलममा ‘अवसर इक्वीटी डाइभर्सिफाइड फण्ड’को ३८ करोड लगानी

Nada
२०८२ असार ३१ गते २०:४८
Shares
मंगलममा ‘अवसर इक्वीटी डाइभर्सिफाइड फण्ड’को ३८ करोड लगानी

काठमाडौं : मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड ‘अवसर इक्वीटी डाइभर्सिफाइड फण्ड’बाट ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको छ । कम्पनीले यो रणनीतिक लगानी एमआईएलको बृद्धि विकास यात्रा र भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वासलाई संकेत गर्ने ऐतिहासिक उपलब्धि भएको जनाएको छ । 

ncell

लगानीबाट कम्पनीलाई आफ्ना कार्यसंचालन प्रक्रियाहरूको सुदृढीकरण गर्न, उत्पादनमा नवप्रवर्तन ल्याउन तथा नेपाल र बाहिरी बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्न मद्दत पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

‘हामी अवसर इक्वीटी डाइभर्सिफाइड फण्डलाई हाम्रो रूपान्तरण यात्रामा रणनीतिक साझेदारका रूपमा स्वागत गर्न पाउँदा खुशी छौं’, मंगलम इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले भने, ‘यो लगानीले हाम्रो व्यावसायिक मोडेललाई पुर्नपुष्टि मात्रै नगरी, हाम्रो कर्मचारी, डिलर, ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरूको लागि ठूलो उत्प्रेरणा प्रदान गरेको छ जसले हाम्रो भविष्यको सफलताको आधार तयार गर्नेछ ।’

ताजा खबर

सम्बन्धित खबर