महोत्तरी : गौशाला नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । मंगलबार नगरपालिकाको प्रशासन शाखामा पालिकाका ३२ वटै विद्यालयका प्रधानाध्यापकले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।
आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि नगरपालिकाको कार्यालयले अत्यावश्यक रकम निकासा नगर्दा विद्यालय सञ्चालनका लागि सकस भएपछि बाध्य भएपछि राजीनामा दिएको प्रधानाध्यापक गोपाल महतोले बताए ।
दिवा खाजा, पाठ्यपुस्तक, नन सैलरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकम समेत अति न्यून निकासा र पटकपटक ताकेता गर्दा समेत आलटाल गरेपछि बाध्य भई राजीनामा दिएको प्रधानाध्यापक महतोले बताए ।