२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

स्पेन लैजाने गिरोहमाथि छानबिन गर्न सीआईबीले बनायो समिति

Nada
२०८२ असार ३१ गते १६:५२
Shares
स्पेन लैजाने गिरोहमाथि छानबिन गर्न सीआईबीले बनायो समिति

काठमाडौं : संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर स्पेन लैजाने गिरोहमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा समिति बनाएको छ ।

ncell

एसएसपी बोगटी नेतृत्वको समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसन्धान अधिकारी पनि समावेश छन् । सोमबार गृहमन्त्री रमेश लेखकले डाकेको बैठकमा स्पेनमा भएको भनिएको मानव तस्करीका विषयमा अनुसन्धान गर्न छानबिन समिति बनाउने विषयले प्रवेश पाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको २१ सदस्यीय उच्चस्तरीय भ्रमण टोली स्पेनको सेभियामा आयोजित चौथो ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स्’ कार्यक्रममा सहभागी हुन १४ असारमा स्पेन प्रस्थान गरेको थियो ।

कार्यक्रममा भाग लिएर ओलीसहितको सरकारी टोली २० असारमा फर्किएको थियो । प्रधानमन्त्रीसहितको सरकारी टोलीकै भ्रमण आसपास दुई सातामा अस्वाभाविक रूपमा ८२ जना स्पेन पुगेको र अरू ५५ जना गन्तव्य मुलुक जान नपाई विमानस्थलबाटै फिर्ता भएकामा ‘सरकारी संयन्त्र प्रयोग गरेर संगठित गिरोहले मानव तस्करी गरेको’ आशंका गरिएको छ ।

स्पेन लगेर उतैबाट युरोपका पोर्चुगललगायत मुलुक छिराउने र त्यसबापत गिरोहले मोटो रकम असुल्ने गरेका विवरण पनि यसअघि बाहिरिएका थिए ।

एसएसपी बोगटीले आफ्नो नेतृत्वमा बनेको समितिले जतिसक्दो छिटो अनुसन्धान टुंग्याएर प्रहरी प्रधान कार्यलयमा प्रतिवेदन बुझाउने बताए ।
 

ताजा खबर

सम्बन्धित खबर