काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक लाख ९३ हजार ३०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले घटेर दुई हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।