काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको कार्यसम्पादनबारे छानबिन गर्न न्यायिक समिति गठन गरेसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् ।
बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिका अन्य दुई जना सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन् ।
ओझामाथि नक्कली कागजपत्र पेस गरेर नियुक्ति लिएको आरोपमा छानबनि हुने बताइएको छ ।
बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।
सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।