२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

दोस्रो बुढासुब्बा कपको उपाधि भिजन स्पोर्ट्स क्लबलाई

shivam cement
भरत प्रधान
२०८२ असार ३० गते २०:५६
दोस्रो बुढासुब्बा कपको उपाधि भिजन स्पोर्ट्स क्लबलाई

लिस्बन : धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो ‘बुढासुब्बा कप’ सेभेन ए साइड फुटबल प्रतियोगितााको उपाधि भिजन स्पोर्ट्स क्लबले हात पारेको छ ।

लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा ड्रिप सिटी ब्वाइजलाई २–१ को गोल अन्तरले पराजित गर्दै भिजन स्पोर्ट्स क्लबले उपाधि जितेको हो । उपाधि हात पारेसँगै क्लबले नगद पाँच हजार युरो, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ड्रिप सिटीले दुई हजार ५०० युरो नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सो अवसरमा प्रतियोगिताका विजेता तथा उपविजेतालाई पोर्चुगलका लागि पूर्वपर्यटनदूत रमेशकुमार गुरुङले पुरस्कार प्रदान गरे । प्रतियोगितामा युरोपका विभिन्न मुलुकका नेपाली संघसंस्था र क्लबका गरी २० टोलीको सहभागिता रहेको क्लबका संयोजक अरुण राईले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise