काठमाडौं : एनआईसी एशिया बैंक र ई–स्टप नेपाल प्रालि बीच बैंकका ग्राहकलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले ईस्टप नेपालद्वारा सञ्चालित रेष्टुरेन्टमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा पाँच प्रतिशत छुट पाउने भएका छन् ।
ई–स्पट नेपालले नवलपुरको दलदले, सिन्धुलीको रामटार र कुरिनटारमा सञ्चालन गरेको रेष्टुरेन्ट तथा चार्जिङ स्टेसनमा यो छुट उपलब्ध हुने जनाइएको छ । ग्राहकले खाना खाँदै विद्युतीय सवारी साधन चार्ज गर्ने क्रममा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार, डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको यो सहकार्यबाट ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंक एप प्रयोग गरी भुक्तानी गर्दा छुटको सुविधा पाउने जनाइएको छ । ई–स्टप नेपाल ‘दी गो ग्रुप अफ कम्पनी’ अन्तर्गतको संस्था हो, जसले हरित प्रविधि र दिगो सेवामा आधारित व्यावसायिक सेवा सञ्चालन गर्दै आएको छ ।
बैंकले यस सहकार्यबाट डिजिटल भुक्तानी प्रणालीलाई सुदृढ बनाउने र हरित अर्थतन्त्रको प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।