काठमाडौं : आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन प्रालि (फ्रन्टलाइन हस्पिटल) बीच नगद रहित सेवा सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पतालका क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूको बीमालेखको सीमासम्म उक्त अस्पतालबाट नगदरहित हस्पिटलाईजेसन सुविधा प्राप्त गर्न सकिने जनाइएको छ ।