२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भारी अंकले घट्यो नेप्से

Nada
२०८२ असार ३० गते १५:३५
Shares
भारी अंकले घट्यो नेप्से

काठमाडौंः सोमबार नेप्से परिसूचाक भारी अंकले घटेको छ । आज शेयर बजार ३५.०९ अंकले घटेर २ हजार ७२५ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ । 

ncell

याेसँगै समूहगत रुपमा हाइड्रोपावरबाहेक सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर ०.१५ प्रतिशतले बढ्दा बैंकिङ समूह सबैभन्दा धेरै २.४६ प्रतिशत, विकास बैंक १.४८, फाइनान्स १.१३, होटल तथा पर्यटन ०.२५, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.०५, अन्य १.२५ र व्यापार समूह ०.६४ प्रतिशतले घटेकाे छ ।

आज ३२१ कम्पनीको २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोडको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । यस कम्पनीको ४० करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सानिमा बैंकको २४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ताजा खबर

सम्बन्धित खबर