२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

‘नेपाल फुटबल एसोसिएसन मलेसिया’ गठन

shivam cement
तिलोचन गौतम
२०८२ असार ३० गते ११:४२
‘नेपाल फुटबल एसोसिएसन मलेसिया’ गठन

क्वालालम्पुर, मलेसिया : मलेसियामा नेपाली समुदायबीच बढ्दो फुटबलको लोकप्रियता र पछिल्ला खेलहरूमा देखिएको उल्लेखनीय जनसहभागितालाई मध्यनजर गर्दै ‘नेपाल फुटबल एसोसिएसन मलेसिया’ गठन गरिएको छ ।

क्वालालम्पुरस्थित ग्राण्ड कन्टिनेन्टल होटलको सभाहलमा आइतबार आयोजित भेलाले नेपाली खेलप्रेमीलाई एकीकृत र संगठित ढंगले समेट्ने उद्देश्यसहित एसोसिएसनको औपचारिक घोषणा गरेको हो । हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीको अध्यक्षतामा सम्पन्न भेलामा सहभागीहरूले फुटबल क्षेत्रको दीर्घकालीन योजना र संरचनाबद्ध विकासका लागि एसोसिएसन आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।

सर्वसम्मतिले गठित १५ सदस्यीय कार्यसमितिको नेतृत्व होमप्रसाद भट्ट (सन्तोष) ले गर्ने भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा भक्त ओड, उपाध्यक्षमा बसन्त राउत, सचिवमा शिव सुवेदी, कोषाध्यक्षमा सन्तोष अधिकारी चयन भएका छन् । सदस्यहरूमा तुला नेम्वाङ, बिन्दु दर्लामी, खगेन्द्र तमाङ, शिव खड्का, नवराज श्रेष्ठ, दिपक कार्की, कृष्ण केसी, विष्णु चौधरी, राजकुमार कुमाल र निश्चल मगर रहेका छन् ।

भेलाले कार्यसमितिलाई दुई महिनाभित्र एसोसिएसनको विधानको मस्यौदा तयार गरी आगामी भेलामा छलफलका लागि प्रस्तुत गर्ने जिम्मेवारी दिएको छ ।

No description available.

कार्यसमितिलाई बधाई दिँदै हिमालयन फुटबल क्लबका अध्यक्ष कार्कीले खेल र खेलाडीलाई सर्वोपरि मान्दै एसोसिएसनले उत्कृष्ट कार्य गर्नेमा आफू विश्वस्त रहेको भन्दै दुई वर्षसम्म नियमित बैठकका खर्च आफ्नै तर्फबाट व्यहोर्ने घोषणा ग रे।

आरटीएफसी क्लबका अध्यक्ष राजु तमाङले फुटबललाई सधैं सहयोग गर्न आफू तत्पर रहेको बताउँदै फुटबलप्रति अपनत्वको भावना सबैले विकास गरेमा एसोसिएसन सफल हुने धारणा राखे ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै सचिव सुवेदीले खेलसँग जोडिएका जोखिम व्यवस्थापनका लागि इन्स्योरेन्सको अवधारणा ल्याइएको र यसबारे अध्ययन भइरहेको जानकारी दिए । साथै, उनले एसोसिएसनलाई समावेशी, निष्पक्ष र सबल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए ।

No description available.

ADV

सम्बन्धित खबर

Advertise