२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

कार्यालय खारेजीविरुद्ध जनप्रतिनिधि आन्दोलित

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते १६:२३
कार्यालय खारेजीविरुद्ध जनप्रतिनिधि आन्दोलित

जुम्ला : जुम्लामा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज गरी सुर्खेतमा गाभ्ने संघीय सरकारको निर्णयविरुद्ध जनप्रतिनिधि, राजनीतिक दल र नागरिक समाज आन्दोलित भएका छन् ।

सरकारको निर्णयको विरोधमा उनीहरूले आइतबार आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको नेतृत्वमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले कार्यालय खारेजीको निर्णय फिर्ता लिन माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।

निर्णयलगत्तै राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र स्थानीयहरूले कार्यालयमा ताला लगाएका हुन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी मुकुन्द प्रसाद रिजालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र खानेपानी मन्त्रालयलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

खानेपानी मन्त्रालयले गत असार २५ गतेको परिपत्रमार्फत जुम्लास्थित कार्यालयलाई सुर्खेतमा गाभ्ने निर्णय गरेको थियो । 

२०७५ सालमा स्थापना भएको यो कार्यालयले जुम्ला, हुम्ला, मुगु र कालिकोट जिल्लामा खानेपानी तथा सरसफाइका योजनाहरू कार्यान्वयन गर्दै आएको थियो ।

कार्यालय खारेज हुँदा यी जिल्लामा सञ्चालित करिब २० वटा ठूला खानेपानी आयोजनाहरू अलपत्र पर्ने निश्चित भएको ज्ञापनपत्रमा उल्लेख छ ।

यसैबीच, आयोजना कार्यालय जुम्लाका प्रमुख ज्योतिष मिश्रले मन्त्रालयको परिपत्रअनुसार साउन १ गतेदेखि कार्यालयको सम्पूर्ण जिन्सी, आर्थिक कारोबार र कागजातहरू सुर्खेतमा हस्तान्तरण गर्ने प्रक्रियामा रहेको बताएका छन् । 
 

ADV

सम्बन्धित खबर

Advertise