२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

सरकारको एक वर्ष उपलब्धिविहीन : माओवादी

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते १६:१२
सरकारको एक वर्ष उपलब्धिविहीन : माओवादी

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारको एक वर्ष उपलब्धिविहीन भएको समीक्षा गरेको छ ।

प्रतिनिधिसभा बैठकको आइतबार शून्य समयमा बोल्दै माओवादी उपमहासचिव एवम् सांसद शक्ति बस्नेतले सरकारको समीक्षा गरेका हुन् ।

‘निकै ठूलो हुंकारसहित गठन भएको सरकारले एक वर्ष पूरा गरेको छ । यसबीचमा संविधान संशोधनको कुरा त हुनै छाड्यो । बस्नेतले संविधान संशोधन गर्ने बाचासहित बनेको वर्तमान सरकारले चर्चा समेत गर्न छाडेको टिप्पणी गरे ।

सरकारको आर्थिक विकासको मोडलको बारेमा त संसद् उदाङ्गो भइसकेको पनि छ । अनियमितताको ढाकछोप गर्नु सरकारको नियति र नियमित काम जस्तै देखिन्छ । जनसरकारका विषयप्रति सरकार बेखबर हुँदै गइरहेको छ,’ बस्नेतले भने ।

उनले सरकार उल्टो राज्यका सबै अङ्ग, निकायहरूलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरूलाई ढाकछोप गर्ने, पुष्टि गर्ने कसरत गरिरहेको बताए । ‘भारी मनसुनको पूर्वानुमान भइरहेको अवस्थामा यूएनडीपी र इसिमोडले नेपालका २१ वटा हिमतालहरू र सीमा क्षेत्रको समेत गरी ४६ वटा हिमतालहरू विष्फोटनका जोखिममा रहेको रिपोर्टहरू सार्वजिन गरिरहेको सन्दर्भमा सरकार यसप्रति बेखबर नै देखियो । पूर्वतयारीको कुनै पनि काम गरिरहेको देखिँदैन,’ उनले भनेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले गत वर्ष १७ असार मध्यराति नयाँ सरकार बनाउने गरी ७ बुँदे समझदारी गरेका थिए ।

उक्त सहमतिअनुसार सरकारमा सहभागी नेकपा एमाले बाहिरिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिएका थिए । त्यसपछि अल्पमतमा परेका प्रचण्डले २८ असार २०८१ मा विश्वासको मत माग्दा आवश्यक मत प्राप्त गर्न सकेनन् र पदमुक्त भएका थिए ।

त्यसपछि कांग्रेस र एमालेसहिको सरकार बन्यो । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । प्रतिनिधिसभाका दुई ठूला दल नै सत्तागठबन्धन रहेको भनेर उठेका प्रश्नको जवाफमा दुवै दलले ७ बुँदे सहमति देखाउँदै आएका छन् ।

१७ असार २०८१ मध्यराति संयुक्त सरकार बनाउने गरी दुई दलबीच भएको ७ बुँदे समझदारी बुँदा नम्बर दुईमा संविधान संशोधन गर्ने प्रतिबद्धता छ । 

बस्नेतका अनुसार सरकारले संविधान संशोधनको बाचा पूरा नगरेको मात्रै होइन । अन्य काममा समेत सफलता हात पार्न नसकेको उनको आरोप छ ।

‘सरकारको आर्थिक विकास र यसको मोडेलको बारेमा सदन उदांगो भइसकेको छ । अनियमितताको ढाकछोप गर्नु सरकारको नियति र नियमित कार्यजस्तै देखिन्छ’ बस्नेतको टिप्पणी छ ।

ADV

सम्बन्धित खबर

Advertise