काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग राखेका हुन् । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरु नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । उनले संसदीय छानबिन समिति बनाउनको लागि सरकार किन डराएको छ ? भन्दै प्रश्न पनि गरे ।
उनले भने, ‘अहिले प्रधानमन्त्री सहभागि कार्यक्रममा सहभागी हुन भनि गएका मान्छेहरु नफर्किएको पुष्टि भइसकेको छ । यसको छानबिन गरौं । संसदीय छानबिन समिति बनाउनका लागि यो सरकार किन डराएको छ । यसबारे संसदीय छानबिन समितिको माग गर्दछौं ।’
उनले भिजिट भिसा दुरुपयोगसम्बन्धी अनुसन्धानका लागि छानबिन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताए ।