काठमाडौँ : साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग खेल्दै छ । खेल नेपाली समयअनुसार ६:४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ ।
साविक विजेता रहेको बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो । नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको छ भने बंगलादेशले श्रीलंकालाई ९-१ गोलले पराजित गरेको छ । यो प्रतियोगितामा भारत भने सहभागी छैन ।
दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३-० ले पराजित भएको थियो । पछिल्लो समय महिला साफमा बंगलादेश र नेपाल धेरै पटक फाइनलमा भिडिरहेका छन् ।