२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

ऐसेलुखर्क गाउँपालिकाको आफ्नै भवन

Nada
२०८२ असार २८ गते १५:५९
Shares
ऐसेलुखर्क गाउँपालिकाको आफ्नै भवन

खोटाङ : ऐसेलुखर्क गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण भएको छ । 

ncell

अघिल्लो स्थानीय सरकारको पालामा निर्माण सुरु गरिएको भवन ल्याब परीक्षण गर्दा गुणस्तरहीन बनेको पुष्टि भएपछि २०७८ जेठदेखि काम रोकिएको थियो । निर्माणमा संलग्न रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीले ल्याब रिपोर्ट कीर्ते गरेर बुझाएपछि थप समस्या देखापरेपछि काम रोकिएको थियो ।

भवन प्रदेश सरकारको तीन करोड ६९ लाख ८५ हजार आठ सय ७३ रूपैयाँको लागत स्टिमेटमा २०७६ माघ २६ गते टेण्डर आव्हान गरिए पनि उक्त निर्माण कम्पनीले मूल्य अभिवृद्धि करसहित दुई करोड ६८ लाख ४३ हजार तीन सय ४६ रूपैयाँको लागतमा २०७७ माघ १९ गतेभित्र सक्ने गरी ठेक्का पारेको थियो ।

भवन गुणस्तरहीन भएको ल्याब परीक्षण रिपोर्टले देखाएपछि नेपाल मध्यस्थता परिषद् (नेप्का)को मध्यस्थतामा विवाद समाधान गरी मध्यस्थ ऐन, २०५५ को अधीनमा रहेर उक्त भवन निर्माणको काम सम्पन्न गरिएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले बताएका छन् । उक्त भवन गुणस्तरहीन काम गर्ने रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीले नै सम्पन्न गरेको हो ।

सुरुमा प्रदेश सरकारको बजेटमा उक्त भवन सुरु गरिए पनि निर्माण कम्पनीले गुणस्तरहीन बनाएपछि प्रदेशको बजेट फिर्ता भएपछि गाउँपालिकाले लगानी गर्नु परेको राईले सुनाएका छन् । उनका अनुसार उक्त भवनका लागि गाउँपालिकाको दुई करोड ३० लाख खर्च भएको छ ।

ताजा खबर

सम्बन्धित खबर