२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

सरकार स्थिर कर नीतिको पक्षमा छ : अर्थमन्त्री पौडेल

shivam cement
मध्यान्ह
२०८२ असार २७ गते १४:२२
सरकार स्थिर कर नीतिको पक्षमा छ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले उपभोक्ता र व्यवसायीहरु सरकारले करका नीतिमा अप एण्ड डाउन गरिरहेको र जसले विश्वसनीयतामा समस्या भएको भन्ने गुनासो गर्ने गरेको भन्दै अब विश्वासका साथ रहन आग्रह गरे ।

उनले करका नीतिहरु अप एण्ड डाउन भइरहन्छन् कि भन्ने शंका नगर्न पनि आग्रह गरे । करको दायरा भने बढाउन जरुरी रहेको उनले बताए । सरकार मुलतः एउटा कर नीति र करका दरहरुमा सापेक्षित स्थिरताको पक्षमा रहेको उनले बताए । त्यसै हिसावले आगामी आर्थिक वर्षको बजेट ल्याइएको उनको दाबी छ । 

उपप्रधानमन्त्री पौडेलले जलविद्युतको उत्पादन प्रवर्द्धन गर्ने, लचिलो नीति ल्याउने काम आफूहरुले विगतमा गरेको बताए । जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न अनुकूल नीतिहरु नै ल्याउने उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise