२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

शेयर धितो कर्जाको सीमा बढ्यो

shivam cement
मध्यान्ह
२०८२ असार २७ गते १३:१६
शेयर धितो कर्जाको सीमा बढ्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएको छ ।

गभर्नर डा विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाइएको घोषणा गरे ।

राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा २५ करोड रुपैयाँ पुर्‍याएको छ । यसअघि यस्तो कर्जाको सीमा १५ करोड रुपैयाँ थियो ।

त्यस्तै, दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने गभर्नर पौडेलले बताए । साथै चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई आवश्यकता अनुसार परिमार्जन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

ADV

सम्बन्धित खबर

Advertise