२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

चितवनमा २५ हजार बढी परिवार बाढी, पहिरो र डुबानको जोखिममा

Nada
२०८२ असार २७ गते ११:३४
Shares
चितवनमा २५ हजार बढी परिवार बाढी, पहिरो र डुबानको जोखिममा

चितवन : चितवनका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकामा रहेका एक लाख  २८ हजार ६६५ जनसंख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ । 

ncell

बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्यांकले देखाएको छ । यस्तै, भरतपुर महानगरपालिकामा छ हजार ६३५ घरका ३३ हजार १७५, माडी नगरपालिकाका तीन हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकाका दुई हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित बन्ने प्रारम्भिक तथ्यांकले देखाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, कालिका नगरपालिकाका एक हजार पाँच परिवारका पाँच हजार २५ जना, खैरहनी नगरपालिकामा तीन सय २० परिवारका एक हजार ६००, इच्छाकामना गाउँपालिकामा एक हजार २५६ परिवारका छ हजार २८० जना प्रभावित हुने देखिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए । 

बाढीका कारण हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको उनले बताए । “नदी किनारामा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै, उद्धारका लागि सबै संरचना तयारी अवस्थामा राखिएको छ र आवश्यक खाद्यान्न, स्वास्थ्य सामाग्री, उद्धार सामाग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ”, प्रमख जिल्ला अधिकारी पौडेलले भने ।

ताजा खबर

सम्बन्धित खबर