२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

लेखा समितिको प्रतिवेदन पारित

Nada
२०८२ असार २६ गते १७:२२
Shares
लेखा समितिको प्रतिवेदन पारित

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औं वार्षिक प्रतिवेदन पारित गरेको छ ।

ncell

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले २३औं वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

उनकाअनुसार प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कामहरु तथा समितिले समसामयिक विषयहरुमा गरेका निर्णयहरु प्रतिवेदनमा उल्लेख गरिएको छ । 

समितिको २३औं वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेश गर्ने समितिको तयारी छ ।

ताजा खबर

सम्बन्धित खबर