२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

Nada
राजकुमार के.सी.
२०८१ असार २९ गते २१:४६
Shares
एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

मकवानपुर : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)भीमफेदी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । 

ncell

शनिबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो । 

कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै मन्त्री मोक्तानले विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अध्ययनमा विशेष ध्यान दिन आग्रह गरिन् ।

मन्त्री मोक्तानले समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताइन् ।

कार्यक्रममा भीमफेदी गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने १६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, बागमती प्रदेश कमिटी सदस्य अप्सरा लोप्चन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दिपक वाइवा, सचिव छोइसाङ लामा, सहसचिव सुजन सिलवाल, कोषाध्यक्ष अनिल बसेल,  वाईसिएल हेटौंडा ५ काअध्यक्ष हरि ढकाल, अखिल क्रान्तिकारी जिल्ला सदस्य विशाल जिम्बा र आयुष ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम अखिल क्रान्तिकारी भीमफेदी गाउँ कमिटी अध्यक्ष बिक्रम आले मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर