२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

तरलता धेरै हुँदा पनि शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु होः नरबहादुर थापा

Nada
२०८२ असार २५ गते १२:३८
Shares
तरलता धेरै हुँदा पनि शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु होः नरबहादुर थापा

काठमाडौंः नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले तरलता धेरै हुँदा पनि अर्थतन्त्रमा शिथिलता निम्तिनुको एउटा कारण बैंकको लाइसेन्स बन्द गरिनु रहेको बताएका छन् ।

ncell

आगामी मौद्रिक नीतिबारे अर्थ समितिमा बुधबार भएको छलफलमा थापाले तदर्थवादले मुलुक चल्न नहुने भन्दै देशलाई वाणिज्य बैंकमय बनाउनु गलत भएको बताएका हुन्। उनका अनुसार बैंकको लाइसेन्स बन्द गर्ने नीति गलत छ । नेपालले सित्तैमा अर्बौंको अर्बमा विदेशी मुद्रा पाइरहेको र नीति निर्माता मात्तिएको अवस्था रहेको उनले बताए । सरकारले वैकल्पिक वित्त कोषको व्यवस्था गर्नु राम्रो भएको बताउँदै यसको कार्यान्वयन गरिनुपर्ने बताए । 

थापाले भने,– ‘अर्थतन्त्र चलायमान छैन । निराशा छ । यो अवस्था आउनुको कारण राष्ट्र बैंक र सरकारले विभिन्न समयमा ल्याएका नीतिहरुको धक्का हो । यो मुलुक वाणिज्य बैंकमय भयो । वित्तीय क्षेत्र अधिक तरलता हुदा पनि अर्थतन्त्र चलायमान हुन नसक्नु कारण लाइसेन्स बन्द गरियो सोही कारणले हो यो खोल्नुपर्‍यो । बजेट आइसकेको छ, वित्त नीति, त्यसलाई सर्पोट गर्ने मौद्रिक नीति आउनुपर्छ ।’ 

उनका अनुसार आगामी मौद्रिक नीति बनाउँदा अर्थतन्त्रको संरचना हेरिनुपर्छ । उनले लगानी घटिरहेको देशमा उच्च आर्थिक वृद्धि कसरी हुनसक्छ भन्दै प्रश्न गरे ।


 

ताजा खबर

सम्बन्धित खबर