२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

यामाहाले ल्यायो एक्सचेन्ज अफर

Nada
२०८२ असार २४ गते २१:२६
Shares
यामाहाले ल्यायो एक्सचेन्ज अफर

काठमाडौं : जापानी मोटरसाइकल ब्रान्ड यामाहा ले आफ्नो स्थापना भएको ७०औँ वर्ष प्रवेशको अवसरमा नेपालमा विशेष राष्ट्रव्यापी एक्सचेन्ज अफर ल्याएको छ । सन् १९५५ मा सुरुवात भएको यामाहाको सात दशकको यात्रालाई गौरवका साथ मनाउँदै, एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले असार २५ देखि ३२ गतेसम्म देशभरका यामाहा शोरूमहरूमा यो एक्सचेन्ज इभेन्ट आयोजना गर्न लागेको हो ।

ncell

यस अफर अन्तर्गत ग्राहकहरूले पुरानो बाइक वा स्कुटर साटेर यामाहाका नयाँ मोडेलमा अपग्रेड गर्न सक्ने जनाइएको छ । कम्पनीले पुराना गाडीको न्यूनतम मूल्यांकन २५ हजार गर्नेछ भने अतिरिक्त १० हजारसम्मको भ्यालुएसन बोनस पनि उपलब्ध गराउनेछ । त्यसैगरी, केही मोडेलहरूमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआई, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स योजना, तथा २ वर्ष ट्याक्स फ्री अफर पनि लागू हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर