२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

थापाथलीमा प्रोटोन इमासको शोरुम उद्घाटन

shivam cement
मध्यान्ह
२०८२ असार २४ गते २१:२५
थापाथलीमा प्रोटोन इमासको शोरुम उद्घाटन

काठमाडौं : शंकर ग्रुपको जगदम्बा मोटर्सले ‘प्रोटोन इमास’को नयाँ शोरुम थापाथलीमा शोरुम उद्घाटन गरेको छ । प्रोटोन इमासका ग्राहक तथा संगीतकार ब्रिजेश श्रेष्ठ, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री केकी अधिकारीले शोरुमको संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा कार्यकारी निर्देशक गुप्ताले यो शोरुम कम्पनीको रणनीतिक विस्तार योजनाअन्तर्गतको पहिलो कडी भएको बताएका छन् । गायक श्रेष्ठले इमास मोडेलप्रतिको आफ्नो अनुभव सुनाउँदै यसलाई उत्कृष्ट परिवारिक गाडीको संज्ञा दिए । कार्यक्रममा कम्पनीले सातवटा प्रोटोन इमास सवारीसाधन नयाँ ग्राहकहरूलाई हस्तान्तरण गरेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise