२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाल एसबिआईको ३२औं वार्षिकोत्सव सम्पन्न

Nada
२०८२ असार २४ गते २१:२४
Shares
नेपाल एसबिआईको ३२औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाएको छ । सोमबार बैंकले विभिन्न कार्यक्रम गर्दै आफ्नो ३२औं बैंक दिवस मनाएको हो ।

ncell

वार्षिकोत्सवको अवसरमा बैंकले शपथ ग्रहण समारोह आयोजना गरेको थियो, जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रति आफ्नो जिम्मेवारी र प्रतिबद्धताका लागि शपथ लिए । समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले बैंकका उपलब्धिहरूमाथि प्रकाश पारेका थिए ।

त्यसैगरी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्‍याउने सबै कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरेका थिए । प्रमुख वित्तीय अधिकृत राजेशकुमार पाण्डाले सबै सरोकारवालाहरूलाई कृतज्ञता व्यक्त गर्दै सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित खबर