२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

दुई वर्षमा १५ लाख बढी बेरोजगार सूचीकृत, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत समेटिने

shivam cement
मध्यान्ह
२०८२ असार २४ गते १५:०९
दुई वर्षमा १५ लाख बढी बेरोजगार सूचीकृत, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत समेटिने

काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशभरका बेरोजगारलाई लक्षित गर्दै सरकारले आन्तरिक रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको मौखिक जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनका अनुसार रोजगारीको हकसम्बन्धी नियमावली, २०७६ अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ९७ हजार ७२५ जना र आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएका छन् ।

उनले सूचीकृत बेरोजगार नागरिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहका रोजगारी कार्यक्रमा समेटिने कार्य भइरहेको बताए । उनले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित र सुदृढ बनाउने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको पनि बताए । उनले रोजगारी दशकको सफल कार्यान्वयनका लागि नीति, रणनीति र कार्यक्रम समेत तय भइसकेको बताए।

उनले भने, ‘न्यूनतम रोजगार चाहाने बेरोजगार व्यक्तिले प्रत्येक वर्षको फागुन महिनामा अगाी आर्थिक वर्षको लागि सूचीमा सूचीकृत हुन निवेदन दिनुपर्ने  रोजगारीको हकसम्बन्धी नियमावली २०७६ को प्रावधानअनुरुप आर्थिक वर्ष २०८१/८२ का लागि ७ लाख ९७ हजार ७ सय २५ जना र आर्थिक वर्ष २०८२/८३को लागि ७ लाख ४५ हजार ४ सय ३५ जना सूचीकृत भएका छन् । यस्ता सूचीकृत भएका व्यत्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम एवं अन्य स्थानीय तहमा हुने कार्यक्रममार्फत परिचालन हुने रोजगारीमा समाहित गरी रोजगारीको अवसर प्रदान गरिँदै आएको छ । साथै आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्ने ध्येयका साथ अगामी दशलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रुपमा मनाउने समेत सरकारले घोषणा गरी कार्यन्वयनको लागि आवश्यक नीति, रणनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रतिवद्धता साथ राष्ट्रिय तथा रोजगार सम्मेलनबाट १६ बुँदे घोषणा तय गरेको छ ।’

उनले राष्ट्रिय रोजगार सम्मेलनमार्फत १६ बुँदे घोषणा पनि गरिएको उल्लेख गर्दै त्यसले मुलुकमा  रोजगारी सृजना र बेरोजगार जनशक्तिको क्षमताअनुसार अवसर उपलब्ध गराउने नीति अघि सारेको पनि दाबी गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise