२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

हितेन्द्रको सय दिने उपलब्धिः श्वेतपत्र जारीदेखि ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरणसम्म

shivam cement
मध्यान्ह
२०८२ असार २४ गते १४:५०
हितेन्द्रको सय दिने उपलब्धिः श्वेतपत्र जारीदेखि ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरणसम्म

काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफ्ना सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो कार्यकालमा प्राधिकरणको यथार्थता बाहिर ल्याउन श्वेतपत्र जारी गरिएको बताएका हुन् । 

उनकाअनुसार स्वेत्तपत्रमा उर्जा सुरक्षा, विश्वसनिय विद्युत,नविनतम उपायबाट वित्तीय व्यवस्थापनलाई जोड दिएको छ । त्यस्तै,  मानव स्रोत व्यवस्थापन गरिएको छ । सय दिने उपलब्धिमा उनले  वितरण तथा ग्राहकतर्फ १० ओटा धेरै महशुल बुझाउने उद्योगीलाई सम्मान गरिएको बताए । जसबाट वृद्ध खपतमा वृद्धि आउने आशा व्यक्त गरे।  

कार्यकारी निर्देशक शाक्यले भने–‘डेडिकेटर लाइनसम्बन्धि विवाद समाधानतर्फ उन्मुख छ भने एकसय दिनको अवधीमा चार्जिङ स्टेशनका पूर्वाधार बनाउन १ करोड बजेट छुट्याइएको छ, ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ । स्मार्ट मिटरको उपलब्धतालाई बढाइएको छ । वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाइएको  छ भने सबस्टेशनहरु तयार भएका छन् ।’

शाक्यकाअनुसार चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण र यस अन्तर्गतका  जलविद्युत आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बढी क्षति पुयाएको  छ भने उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको उनको भनाइ छ । त्रिशुली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्‍याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द भएको उनले बताए ।

बाढीले त्रिशुली करिडोरका आयोजनाहरूमा असर पारेको बताए । उनकाअनुसार  बाढीले प्रत्यक्ष असर पारेका आयोजनामा रसुवागढी, चिलिमे र त्रिशूली थ्री ए रहेका छन् । त्रिशुली करिडोरका मात्रै करिव ६–७ वटा प्लान्ट  बन्द अवस्थामा पुगेका छन् । शाक्यका अनुसार बाढीले माथिल्लो त्रिशुली ‘थ्री ए’ को ड्याममा क्षति पुर्‍याएको छ भने दुई गेट बगाएको छ । बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत आयोजनाको ड्याम साइटमा क्षति पुगेको छ भने २१ मेगावाटको तल्लो त्रिशुली आयोजनाको उत्पादन पनि ठप्प भएको छ । उनले ठूलो क्षमताका आयोजना बन्द भएपनि देशभर विद्युतको माग व्यवस्थापनमा कुनै समस्या नभएको  स्पष्ट पारे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise