रौतहट : मञ्जुश्री फाइनान्सले विद्यालयलाई शैक्षिक तथा विभिन्न किसिमका सामग्री सहयोग गरेको छ । संस्थागत तथा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत फाइनान्सको इटहरी शाखाले लक्ष्मी माध्यमिक विद्यालय इटहरीलाई शैक्षिक सहित विभिन्न सामग्री सहयोग गरेको हो ।
फाइनान्सले डस्टवीन, बाल्टिन, पंखा, स्यानिटरी प्याड, वाटर डिस्पेन्सर, कलर प्रिन्टर लगायतका सामग्री सहयोग गरेको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्म अध्ययन हुने सो विद्यालयमा साढे तीन सय भन्दा धेरै विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।