काठमाडौंः सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार २२.३५ अंकले घटेर २ हजार ६८४ को विन्दुमा पुगेको हो । नेप्सेसँगै २०९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ३९ कम्पनीको मूल्य बढेको छ ।
आज कारोबार समयभरिमा ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर खरिदबिक्री हुँदा रु. ८ अर्ब ३७ करोड बढीको कारोबार भएको छ ।