२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार

Nada
२०८२ असार २३ गते १४:४०
Shares
रास्वपा र राप्रपाद्वारा प्रतिनिधि सभा बैठक बहिष्कार

काठमाडौं : ‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग गर्दै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई प्रतिपक्षी दलले बैठक बहिष्कार गरेका छन् ।

ncell

निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएका थिए । 

सभामुख घिमिरेले सांसद मनिष झालाई बोल्ने समय दिएका थिए । सांसद झाले यो सरकार नढलोस् भनी केही महिनाअघि भनेको उल्लेख गर्दै ‘कुलिङ अफ पिरियड’ का बारेमा सभापतिले संसद्मा प्रस्ताव गरेकोभन्दा फरक विषय पारित हुनु दुःखद् भएको बताए ।

“जुन दलसँग सम्बन्धित दलका नेताका बारेमा प्रश्न उठेको थियो । ती दलका नेताको संयोजकत्वमा समिति गठन नगर्ने सहमति एक वर्षअघि भएको थियो । तर यसपटक त्यसै गर्न खोजिएको छ । यो हामीलाई मान्य छैन,” उनले भने ।

सांसद दीपकबहादुर सिंहले निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को पनि संसदीय समिति बन्न लागेको उल्लेख गर्दै भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रदेखि तल्लो तहका कर्मचारी जोडिएकाले यस बारेमा छानबिन गर्न संसदीय समितिको माग गरे । 

यस विषयमा किन संसदीय छानबिन समिति गठन नगरेको भनी प्रश्न गर्दै उनले राप्रपाले आजको बैठक बहिष्कार गर्ने बताए । रास्वपा र राप्रपाले आजको बैठकबाट बाहिरिएका छन् ।

सम्बन्धित खबर