२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

फरवार्डबाट विपन्न बेरोजगारहरूलाई सफारी हस्तान्तरण

Nada
२०८२ असार २२ गते २१:१८
Shares
फरवार्डबाट विपन्न बेरोजगारहरूलाई सफारी हस्तान्तरण

ललितपुर : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय खनार सुनसरीले शुक्रबार अर्थात् असार २० गते बेरोजगार गरीव समुदायका १० जनालाई सिटी सफारी बितरण गरेको छ ।

ncell

लघुवित्तले ज्याला–मजदुरी गरी हातमुख जोनपर्ने, दैनिक काम नपाइने, एकजनाको कमाइमा परिवार आश्रित हुनुपर्ने जस्ता आर्थिक रूपमा एकदमै कमजोर युवाहरूलाई लक्षित गरी सहुलियत ब्याजदरमा तिर्ने गरी दुई लाख ६५ हजार रुपैयाँ बराबरको सफारी दिएको हो ।

सफारी बितरण कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका कर्जा विभाग प्रमुख बचनकुमार चौधरी, शाखा कार्यालय खनारका शाखा प्रमुख सिमलाकुमारी चौधरीबाट संयुक्त रूपमा ग्राहकहरूलाई हस्तान्तरण गरेका थिए । सो कार्यले बेरोजगारीहरूलाई स्वरोजगार बनाउनुका साथै विपन्न परिवारलाई दैनिक चलाउने समेत सहज हुने संस्थाले जनाएको छ ।

सम्बन्धित खबर