२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

सीजी इलेक्ट्रोनिक्सद्वारा नयाँ टेलिभिजन सार्वजनिक

shivam cement
मध्यान्ह
२०८२ असार २२ गते २१:१६
सीजी इलेक्ट्रोनिक्सद्वारा नयाँ टेलिभिजन सार्वजनिक

काठमाडौं : सीजी इलेक्ट्रोनिक्सले सीजी मेरिडिया ५५ इन्च काराओके क्यूएलईडी टीभी सार्वजनिक गरेको छ । यसले नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बुल्ट इन काराओके इन्टरटेनमेन्ट एकैसाथ ल्याएको हो ।

सीजीको ‘लेभल अप’ अभियान अन्तर्गत विकसित यो प्रविधियुक्त टेलिभिजन अब केवल हेर्ने मात्र होइन, गाउने, रमाउने, र आफैंलाई प्रस्तुत गर्ने एक निजी स्टेज बन्न गइरहेको सीजीको दाबी छ । हरेक नेपालीले अब आफ्नै सेक्रेट रकस्टार सिधै आफ्नै घरबाट खोज्न सक्नेसमेत सीजीले जनाएको छ ।

कम्पनीकाअनुसार यो केवल प्रविधि होइन, यो नेपाली दर्शकका लागि तयार पारिएको एक नयाँ जीवनशैली अनुभव हो । सीजी इलेक्ट्रोनिक्स चौधरी ग्रुप अन्तर्गतको प्रमुख उपभोक्ता प्रविधि ब्रान्ड हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise