२०८२ असार २२ गते आइतवार / Jul 06 , 2025 , Sunday
२०८२ असार २२ गते आइतवार
Ads

मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम

shivam cement
मध्यान्ह
२०८२ असार २२ गते १३:४१
मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम

पर्सा : मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् । यस अवसरमा आज वीरगञ्ज महानगरका विभिन्न ठाउँबाट घण्टाघरचोकमा आएर मुस्लिम समुदायका युवाले लाठ्ठीका विभिन्न कला प्रदर्शन गरेका छन् । 

नेपाल मुस्लिम समाज संघका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सा जिल्लामा विभिन्न प्रकारका कला प्रस्तुत गरेर मोहर्रम पर्व मनाइरहेको बताउए । उनले भने, “मुस्लिम समुदायले विगतमा मोहर्रम अर्थात् दाहा पर्व हातहतियारका विभिन्न कौशल प्रस्तुत गरेर मनाइने गरिन्थ्यो । प्रशासनको अनुरोधमा हामीले हातहतियारको सट्टामा लाठ्ठीका विभिन्न कला देखाएर पर्व मनाइरहेका छौं । यो क्रम आज बेलुकासम्म चल्नेछ ।” 

वीरगञ्जको चोकचोकबाट मुस्लिम समुदायले नेपालको राष्ट्रिय झण्डा तथा आफ्नो कला, संस्कृति झल्किने झण्डासहित उपस्थित भएका छन् । यस्तै, मुस्लिम युवाले घण्टाघर चोकमा घोडा सवार गरेर पनि थप मनोरञ्जन गराएका थिए ।

इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि यो पर्व एकदेखि १० तारिखसम्म मनाइने गरिन्छ । मुस्लिम समुदायले घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर सेलाइने चलन छ ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले पर्वलाई मर्यादित र शान्तिपूर्ण रूपमा मनाउनका लागि अनुरोध गरे । यहाँ बिहानैदेखि मुख्यमुख्य चोकमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise