२०८२ कार्तिक ८ गते शनिवार / Oct 25 , 2025 , Saturday
२०८२ कार्तिक ८ गते शनिवार
Ads

धरानका मेयर साम्पाङको श्रमदानमा सहभागी वडाध्यक्ष बर्खास्त

shivam cement
मध्यान्ह
२०८२ असार २१ गते १६:३५
धरानका मेयर साम्पाङको श्रमदानमा सहभागी वडाध्यक्ष बर्खास्त

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदानमा सहभागी भएका वडा नम्बर– ४ का वडाध्यक्ष धनबहादुर राईलाई पदबाट बर्खास्त गर्न नेकपा (एमाले) धरानले सिफारिस गरेको छ । 

वडाध्यक्ष राईले पार्टी हितविपरीत काम गरेको भन्दै वडाध्यक्षबाट कारबाही गर्न पार्टीको जिल्ला कमिटी समक्ष सिफारिस गरिएको एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईले बताएका छन् । 

२०८९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष धनबहादुर राई कार्यपालिका बैठकमा अनुपस्थित हुने, पार्टीको निर्देशन विपरीत काम गर्ने, पार्टीले बोलाएको बैठकमा अनुपस्थित हुने गरेका कारण कारबाही सिफारिस गरिएको उपाध्यक्ष पारसले बताए । 

उनका अनुसार पार्टीका नेताहरूले पटक–पटक सम्झाउँदा नमानेको र तीन पटक स्पष्टीकरण सोध्दा समेत चित्त बुझ्दो जवाफ नपाएपछि निर्वाचन आयोगमा बर्खास्त गर्न कारबाही सिफारिस गरिएको हो । 

धनबहादुरलाई कारबाही सिफारिस गरिएको विषयमा एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष पर्सुराम यादवले धनबहादुरलाई एकपटक पार्टी कार्यालय बोलाएर कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise