२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सरकारी कर्मचारीमा समर्पित भएर काम गर्ने प्रवृत्ति छैन : मन्त्री पाण्डे

Nada
२०८२ असार २० गते १५:३५
Shares
सरकारी कर्मचारीमा समर्पित भएर काम गर्ने प्रवृत्ति छैन : मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पण भाव नरहेको बताएका छन् ।

ncell

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री पाण्डले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको आरोप लगाए ।

सांसदहरूले निजी एयरलाइन्सहरूले कम जनशक्तिमा पनि नाफामा कम्पनी सञ्चालन गर्न सकिरहेको तर नेपाल वायुसेवा निगमले धेरै जनशक्ति राख्दा पनि सुधार र नाफामा जान नसकेको विषयमा प्रश्न उठाएका थिए । जवाफमा मन्त्री पाण्डेले ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल वायुसेवा निगममै भएकाले बढी जनशक्ति आवश्यक परेको बताए । तर, सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने भावना नदेखिएको उल्लेख गर्दै सुशासनको यो पक्ष सुधार्न आवश्यक रहेको उनले बताए ।

मन्त्री पाण्डेले कर्मचारीको सेवा तथा सर्तसम्बन्धी नेपाल वायुसेवा निगमको विनियमावली बनिरहेको जानकारी पनि दिए । आवश्यकता भन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्समा थप आर्थिक भार सिर्जना गर्न नहुने विषयमा सरकार गृहकार्य गरिरहेको उनको भनाइ थियो ।


 

सम्बन्धित खबर