२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

नाउपाले लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

shivam cement
मध्यान्ह
२०८२ असार २० गते १४:३०
नाउपाले लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट बर्खास्त गरेका थिए । आफ्नो पार्टीको मन्त्री हटाइएपछि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकारको बहुमत कायमै रहेको छ । 

नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ गरी २९ प्रदेश सभा सदस्यको साथ उनलाई छ ।

ADV

सम्बन्धित खबर

Advertise