२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

असोजमा पावर समिट : हरित उर्जा र क्षेत्रिय व्यापारमा केन्द्रित हुने

shivam cement
मध्यान्ह
२०८२ असार १९ गते २१:२७
असोजमा पावर समिट : हरित उर्जा र क्षेत्रिय व्यापारमा केन्द्रित हुने

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवौं संस्करणको पावर समिट गर्ने भएको छ । ‘मिसन २८५०० मोगावाट : पावरीङ नेपाल, इनर्जीङ रिजन’ नारासहित आगामी असोज १ र २ गते पावर समिट गर्न लागेको हो । 

नेपालको ऊर्जा उत्पादनको १ सय १४ वर्षको इतिहासमा ३६ सय मेगावाट मात्र उत्पादन क्षमता पुगेको सन्दर्भमा सन २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पु¥याउने लक्ष्य हासिल गर्न निजी क्षेत्रको समेत दायित्व भएको भन्दै समिटको आयोजना गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । 

ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस्तै नेपालको बढ्दो उत्पादनलाई क्षेत्रिय बजारमा व्यापार गर्न ३० भन्दा धेरै देशका लगानीकर्ताहरु, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरु, सरकारी तथा गैरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका उपस्थिति रहने बताइएको छ । 

सरोकारवाला निकायका प्रतिनीधि, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनी भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्य समिटले राखेको छ । सम्मेलनमा एक हजार भन्दा बढीको सहभागिता रहने अनुमान इप्पानले गरेको छ । 

ऊर्जा मार्गचित्र कार्यान्वयनसँग जोडिएको नेपाल र दक्षिण एशियाली देशहरुको हरित र स्वच्छ ऊर्जा उपलब्धता, विद्युत र कार्बन व्यापारसँगै नविनत्तम वित्तिय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तरदेशीय पूर्वाधारहरु निर्माणमार्फत क्षेत्रीय सम्पर्क विस्तार, नेपाल र दक्षिण एशियाली मुलुकहरुको नेट जिरो इमिसनको लक्ष्य हासिल, दिगो र समावेशी ऊर्जा विकास जस्ता क्षेत्रीय र अन्र्तराष्ट्रिय चासोलाई सम्बोधन गरी नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकको रुपमा समिटले चिनाउने इप्पानले अपेक्षा गरेको छ । 

समिटमा हुने आन्तरिक तथा वाह्य पूर्वाधार निर्माण र खपत वृद्धि, जलवायु परिवर्तनको असर र न्यूनीकरणसँगै प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण जस्ता चुनौतीहरुको सामनाका विषयमा छलफल हुनेछ । समिटले नेपालको दिगो ऊर्जा विकास र क्षेत्रीय बजारमा दरिलो उपस्थितिका लागि अबको बाटो पहिल्याउने गरी ठोस सुझाव र मार्ग निर्देशन प्राप्त हुने र यसले क्षेत्रीय बजारमा नेपालको ऊर्जालाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise