२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

लुम्बिनीमा बन्यो शिवको अग्लो मूर्ति

shivam cement
मध्यान्ह
२०८२ असार १९ गते १६:१२
लुम्बिनीमा बन्यो शिवको अग्लो  मूर्ति

प्यूठान : प्यूठानमा लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति स्थापना गरिएको छ । गौमुखी गाउँपालिका–१ अर्तुवाङमा तामेश्वर शिव मूर्ति स्थापना गरिएको हो ।

शिवको मूर्तिसँगै पन्चमुखे शिव लिंग, गणेश, पार्वती, नाग, हनुमानको मूर्ति पनि राखिएको छ । पीपडाँडामा मूर्ति राखेर पर्यटकीय गन्तव्यका रूपमा विकास थालिएको स्थानीय पुरन गिरीले बताए । करिब २४ लाख रुपैयाँको लगानीमा पूर्वाधार निर्माण गरिएको उनले बताए ।

‘नजिकै तामाखानी थियो, पुर्खाहरू त्यसैमा काम गर्थे’, उनले भने, ‘पुर्खाहरूले मन्दिर बनाउने इच्छा राखेपछि गिरी बन्धुहरूको सल्लाहमा मूर्ति स्थापना गरेका हौं ,’ स्वैच्छिक सहयोगबाट जुटेको सहयोग रकम र श्रमदानबाट मूर्ति स्थापना गरिएको उनले बताए  । ५ हजारदेखि डेढ लाखसम्म व्यक्तिगत आर्थिक सहयोग र स्थानीयको श्रमदानबाट निर्माण सम्भव भएको उनको भनाइ छ ।

२० फिट अग्लो शिव मूर्ति ३६ फिट उचाइमा राखिएको छ । २ टन तौल रहेको मूर्ति फाइबरबाट बनेको छ । मूर्ति पोखरास्थित सेन्चुरी मूर्तिकला केन्द्रले बनाएको हो । 

मूर्ति स्थापनासँगै पछिल्लो समय यहाँ घुम्न आउनेहरूको संख्या बढ्न थालेको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । गाउँपालिकाले २०८२ साललाई गौमुखी भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेकाले यो स्थान पनि एक उत्कृष्ट गन्तव्य हुने उनले विश्वास व्यक्त गरे ।
 

ADV

सम्बन्धित खबर

Advertise