२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

डेंगीको जोखिम बढ्दै, ६० हजार संक्रमित पुग्ने अनुमान

shivam cement
मध्यान्ह
२०८२ असार १९ गते १५:४९
डेंगीको जोखिम बढ्दै, ६० हजार संक्रमित पुग्ने अनुमान

काठमाडौं : अबका ४ महिना डेंगी संक्रमणको सर्वाधिक जोखिमयुक्त समय रहने भएका छ ।
इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका ४ महिना डेंगी संक्रमण बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

यसवर्ष करिब ६० हजार जना डेंगी रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तक्रियामा विज्ञहरूले डेंगीबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए ।

कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगी सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि ४ महिनाभन्दा बढी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिए । ‘झुल, धुप वा लामखुट्टे भगाउने अन्य औषधिले घरभित्र काम गरे पनि घर बाहिर निस्किएका बेला भाइरसयुक्त लामुखेट्टले टोकेर सारिदिन सक्छ । त्यसैले स्थानीय पालिकाहरूको समयन्वयमा त्यस्ता लामखुट्टेको फुलसहित सबै चक्र नष्ट गरिदिनुपर्छ,’ उनले भने ।

यद्यपि नगरपालिकाको स्वास्थ्यसम्बन्धी कर्मचारीको धेरै काम हुने हुँदा लगातार ४ महिनासम्म नष्ट गर्ने काममा लागिरहन उनीहरूलाई अप्ठ्यारो भएको पनि उनले बताए ।

महाशाखाले १७ जिल्लाका १४७ पालिकासँग डेंगी रोगबारे सहकार्य गरिएको जानकारी पनि कार्यक्रममा दिइयो ।

‘डेंगीलाई स्वास्थ्य क्षेत्रको प्रयास मात्रैले नियन्त्रण गर्न सकिँदैन । त्यसका लागि सबै निकायले हातेमालो गर्नुपर्छ,’ महाशाखा निर्देशक डा. चन्द्रभाल झाले भने । कतिपय देशमा लामखुट्टे नियन्त्रण वातावरण मन्त्रालयले जिम्मा लिएर गरेको पनि देखिएको उनको भनाइ थियो ।

सहरमा वर्षायामसँगै जताततै खाडल, ससाना भाँडा र जथाभाबी फालिएका टायरमा पानी जम्ने भएकोले डेंगीको जोखिम अनुमान गरेभन्दा बढ्ने पनि निर्देशक झाले बताए । ‘त्यसबाहेक घरघरमा फ्रिज र एसीको पानीले पनि लामखुट्टेलाई फुल पार्न र बच्चा हुर्कन सजिलो भएको छ,’ उनले भने ।

यसवर्ष सरकारले लामखुटे खोजी र नष्ट गर्ने कार्यका लागि आगामी आर्थिक वर्षका लागि १० करोड छुट्याएको जानकारी कार्यक्रममा दिइयो । एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोग सामान्यतया शीतोष्ण र समशीतोष्ण क्षेत्रमा फैलिने गरेको छ ।

गएको दशकयता मुलुकका पहाडी भूभागमा समेत डेंगी विस्तार भएको छ । डेंगीका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे सङ्क्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ । यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ ।

डेंगी रोग लाग्दा उच्च ज्वरो, कडा खालको टाउको दुखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने र मांसपेसीको समेत दुखाइ अत्यन्त पीडादायी हुन्छ । साथै केहीलाई वाकवाक लाग्ने र वान्ता हुने समस्या देखिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise