२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

एसीसी यू-१६ इस्ट जोन कप : मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

shivam cement
मध्यान्ह
२०८२ असार १९ गते १०:५७
एसीसी यू-१६ इस्ट जोन कप : मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

काठमाडौँ : एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ ।

क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको  मलेसिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भयो । मलेसियाका मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रन बनाए । नेपालका अभय यादवले ४, शुभम् खनालले ३ विकेट लिए ।

यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङ खेलिरहेका छन् ।

नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् । १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

ADV

सम्बन्धित खबर

Advertise